बिव्य चुन्टु बने 'नेपाल बिबोइ सिटी २०१९', नेपालका तर्फबाट ताइवानमा सहभागिता जनाउने | Khabarhub Khabarhub

बिव्य चुन्टु बने ‘नेपाल बिबोइ सिटी २०१९’, नेपालका तर्फबाट ताइवानमा सहभागिता जनाउने


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – ‘नेपाल बिबोइ सिटी २०१९’ प्रतियोगितामा भक्तपुर डार्कनेस क्रु का सदस्य बिव्य चुन्टुले जीत हासिल गरेका छन् । शनिवार काठमाडौंको लैनचौरमा भएको प्रतियोगितामा चुन्टु प्रथम भएका हुन् ।

नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले आयोजना गरेको प्रतियोगितामा छनोटमा परेका चुन्टुले डिसेम्बर ७ देखि ८ सम्म ताईवानमा हुने बिबोइङको विश्व च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागिता जनाउने छन् ।

प्रतियोगितामा गायिका समृद्धि राई, र्‍यापर निर्णय डि एन.एस्के, प्रोफेसर ट्रिक्स लगायत उपस्थित थिए । यस्तै कार्यक्रममा वान-अन-वान अल स्टायलमा मुकेश ढकालले उपाधि हात पारे । उनलाई नगद रु. २० हजार  र प्रमाणपत्र प्रदान गरियो । ‘वान-अन-वान अल स्टायल किड्स’ मा बिव्य आर्यन विजयी बने । उनले नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे।

वान-अन-वान अन्डिस्प्युटेड बि-गर्ल’ को उपाधि भने बि-गर्ल फेथ (द ब्याटल फ्युजन क्रुकी सदस्य)ले प्राप्त गरिन् । उनले गदर रू १० हजार र प्रमाणपत्र   प्राप्त गरिन्। ‘फो-अन-फो ब्रेकिङ’ को उपाधी भने लेट्स ब्रेक क्रुले हात पार्‍यो । उपाधिसँगै टिमले नगद रू३० हजार र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा उत्कृष्ट  प्रदर्शन गर्दै  योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड जितिन् ।

सम्पूर्ण विजेतालाई गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेल तथा हेल्थ करियर्स् इन्टरनेसनल अष्ट्रेलियाका नेपालका लागि बजार व्यवस्थापक धीरज सिंहले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : ०५ बजे

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको

महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री