आणविक सम्झौताको अर्को महत्वपूर्ण बुँदाबाट पछि हट्ने इरानको घोषणा | Khabarhub Khabarhub

आणविक सम्झौताको अर्को महत्वपूर्ण बुँदाबाट पछि हट्ने इरानको घोषणा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले सन् २०१५ मा हस्ताक्षर गरिएको आणविक सम्झौताको अर्को महत्वपूर्ण बुँदाबाट पछि हट्ने घोषणा गरेको छ ।

आइतबार इरानको आणविक निकायका प्रवक्ता बेहरुज कमलवान्दीले सन् २०१५ को आणविक सम्झौताअनुसार तय भएको युरेनियम प्रशोधनको स्तर नमान्ने घोषणा गरेका हुन् । उनले इरानले चाहेअनुसार आणविक प्रशोधनलाई बढाउनेसमेत जनाए ।

सम्झौताअनुसार इरानले युरेनियम शुद्धीकरणको स्तरलाई अधिकतम ३.६७ प्रतिशतसम्म मात्र कायम राख्न सक्ने व्यवस्था गरिएको छ । यो स्तर आणविक उर्जाका लागि आवश्यक २० प्रतिशत तथा आणविक हतियारका लागि चाहिने ९० प्रतिशतको स्तरभन्दा धेरै कम हो ।

सम्झौताअघि इरानले तेहरानको आणविक भट्टीमा आवश्यक युरेनियम २० प्रतिशत र बुशेहर भट्टीमा ५ प्रतिशत युरेनियम प्रशोधन गरेको थियो ।

त्यस्तै, इरानले आफूमाथि अमेरिकाले लगाएको नाकाबन्दी र प्रतिबन्धलाई कम गर्न अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा आगामी ‘६० दिनभित्र’ सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

सन् २०१५ मा अमेरिकासहित बेलायत, फ्रान्स, चीन, रूस र जर्मनी र इरानको सहभागिता रहेको उक्त सम्झौताले इरानको आणविक क्षेत्रलाई समेटेको थियो ।

इरानले पेट्रोलियम पदार्थको बिक्रीलाई बढाउने पहललाई पहिलो शर्तका रूपमा उल्लेख गरेको छ ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौतामा अमेरिकाको पनि सहभागिता रहेको थियो । तर वर्तमान ट्रम्प प्रशासनले गत बर्षको मे महिनादेखि यसबाट फिर्ता हुने घोषणा गरेको थियो ।

अन्य हस्ताक्षरकर्ता मुलुकले भने सम्झौतालाई लागू गर्नुपर्ने भन्दै आएका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : १८ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा