डाइपरमा लुकाएर सुन तस्करी, कतारबाट फर्केका लीलाबहादुर बस्नेत विमानस्थलबाटै पक्राउ | Khabarhub Khabarhub

डाइपरमा लुकाएर सुन तस्करी, कतारबाट फर्केका लीलाबहादुर बस्नेत विमानस्थलबाटै पक्राउ


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले डाइपुरमा लुकाएर ल्याएको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका क्रममा तीन वर्ष कतारमा काम गरेर फर्कदै गरेका लीलाबहादुर बस्नेतलाई प्रहरीले दुई दर्जन बढी डाइपरमा लुकाएर ल्याएको अवैध सुनसहित पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बस्नेतलाई पक्राउ गरेको डिएपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनको साथमा बच्चाले लगाउने २५ भन्दा बढी डाइपर भेटिएको र ती डाइपरमा सुन भेटिएको प्रहरीले जनाएको छ ।

बस्नेतको साथमा भेटिएको डाइपर यतिबेला प्रहरीले खोलिरहेको छ । सुनको मात्र सबै डाइपर खोलिसकेपछि थाहा हुने प्रहरीले जनाएको छ ।

राम थापा भन्ने व्यक्तिले स्याम्पोसहित आफुलाई ती डाइपर पठाएको र एयरपोर्टमा मान्छे लिन आउँछन् भनेको बस्नेतले बयान दिएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बस्नेत पक्राउ परेसँगै अवैध सुन तस्करीको नयाँ शैली प्रहरीले फेला पारेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ४० बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही