लोक सेवाको विज्ञापन संविधान र कानून सम्मत नै छ– मन्त्री पण्डित | Khabarhub Khabarhub

लोक सेवाको विज्ञापन संविधान र कानून सम्मत नै छ– मन्त्री पण्डित


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका विभिन्न तहमा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगद्वारा आह्वान गरिएको विज्ञापन संविधान र कानून सम्मत नै रहेको दावी गरेका छन् ।

मन्त्री पण्डितले कर्मचारी अभावको कारण सेवा प्रवाहमा असर परेकाले लोक सेवा आयोगमार्फत चाँडो कर्मचारी भर्नाको प्रक्रिया शुरु गरिएको मन्त्री पण्डितको भनाइ छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले सरकार संविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रणालीलाई आत्मसाथ गर्दे अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

संघीय निजामति सेवा ऐन राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको र संविधानले समावेशी समानुपातिकलाई अंगिकार गरेकाले सोही अनुसार विधेयक निर्माण गरिने मन्त्री पण्डितको भनाइ थियो ।

दलित, पिछडिएका र गरिब समुदायलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउनका लागि तराई मधेस समृद्धि कार्यक्रममार्फत कयौ स्थानमा पिछडिएका दलित समुदाय र गरिब वस्तीमा कार्यक्रमहरु सञ्चालन भईरहेको पनि मन्त्री पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०