‘जमराको जुस क्यान्सरको औषधि हैन, उल्टै नराम्रो असर गर्छ' | Khabarhub Khabarhub

‘जमराको जुस क्यान्सरको औषधि हैन, उल्टै नराम्रो असर गर्छ’


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय जमरालाई औषधिको रुपमा प्रयोग गर्नेहरु बढेका छन् ।  क्यान्सर निको हुन्छ भन्दै कतिपय बिरामीले त त नियमित औषधि उपचारलाई नै छाडेर जमराको जुस पिउन शुरु गरेको विषय पनि अहिले चर्चामा छ ।

क्यान्सर निको हुने भन्दै मानिसहरु जमराको जुसप्रति आर्कषित भइरहेका बेला चिकित्सकहरुले भने जमराको जुसले क्यान्सर निको हुन नसक्ने दावी गरेका छन् ।

सिभिल अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग विशेषज्ञ डाक्टर विशेष पौडेल जमराको जुसले क्यान्सर निको नहुने बताउँछन् ।

जमराको जुसले क्यान्सर निको नहुने र किमो थेरापी गराइरहेका बिरामीको स्वास्थ्य समस्या झनै बढ्ने डा पौडेलले बताए ।

‘जमराको जुसले क्यान्सर निको हुन्छ भन्नु भ्रम मात्रै हो । किमो थेरापी गराइरहेका क्यान्सरका बिरामीलाई जमराको जुसले झनै असर पुर्‍याएको पाएका छौं,’ डा पौडेलले भने, ‘जमराको जुस खाएर अझै समस्या बढेर रक्त क्यान्सरका बिरामीहरु हामीकहाँ उपचारका लागि आइरहेका हुन्छन् । त्यसैले क्यान्सरका बिरामीका लागि जमराको जुस झनै घातक छ ।’

जमराको जुसले क्यान्सरका बिरामीमा फंगल इन्फेक्सन हुने डा पौडेलको भनाइ छ । किमो थेरापी लिइरहेका क्यान्सरका बिरामीले जमराको जुस नपिउन डा‍‍. पौडेलको सुझाव छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : ४५ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।