भोटेकोशीमा बगेर २ जना बेपत्ता | Khabarhub Khabarhub

भोटेकोशीमा बगेर २ जना बेपत्ता


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिरल वर्षापछि भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ र ५ को बीचमा रहेको शीवश्री हाइड्रो पावरमा कार्यरत २ जना कर्मचारी बाढीले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा शिवश्री हाइड्रोका साइट इञ्चार्ज यादव प्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले खबरहबलाई जानकारी दिए ।

काफ्लेका अनुसार शनिबार राति आएको बाढीले बगाएका २ जनाको भने उद्दार गरेर हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । उद्दार गरी काठमाडौं पठाइनेमा कामी तामाङ र पेम्बा थोक्याल छन् । उनीहरुको ललितपुरको बिएण्डबी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : २९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६