प्रधानमन्त्रीका सल्लाहकारले 'छौडा' लेखेपछि सर्वत्र आलोचना | Khabarhub Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारले ‘छौडा’ लेखेपछि सर्वत्र आलोचना


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको ट्वीट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनले बिहानै एकदमै आक्रोसित हुँदै ट्वीटरमा लेखेका छन् : ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?’

उनको यो ट्वीटपछि सामाजिक सञ्जालमा बेग्लाबेग्लै टिप्पणी पनि आइरहेको छ । उनले किन लेखे । जिम्मेवार मान्छेले यस्तो कुरा सार्वजनिक गर्दा पर्ने प्रभाव किन हेरेनन् भन्ने टिप्पणी भइरहेको छ ।

नेकपाको संसदीय दलको बैठकमा आफ्नौ सांसदहरुले सरकाको कडा आलोचना गरेपछि आएको यो ट्वीटका विषयमा अहिले नेकपा वृत्तमा छलफल चलिरहेको छ ।

बैठकमा सांसदहरुले सरकारले भारतबाट आउने तरकारी र फलफूलको विषदी परिक्षण गर्न रोकेको विषयका चर्को आलोचना गरेका थिए । उनीहरुले सरकार भारतसामु झुकेको समेत आरोप लगाएका थिए । गुठी विधेयकलगायतमा विषयमा पनि सत्तारुढ दलका सांसदहरु आक्रामक देखिएका थिए ।

त्यसैतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार रिमालले छौंडा शव्दको प्रयोग गर्दै ट्वीट गरेका छन् । उनको यो ट्वीटमा प्रतिक्रिया जनाउने अधिकांशले रिमालको सोच,शैली र भाषा छनोटको चर्को विरोध गरेका छन् ।

हेर्नुहोस रिमालले गरेको ट्वीट र त्यसपछि आएका प्रतिक्रिया

उसा किरण तिम्सिनाले रिमाललाई मेन्सन गर्दै लेखेकी छन्-‘कमरेड तपाँई पार्टीको स्यायी कमिटी सदस्य र प्रम ज्युको सल्लाहकार दुबै पद बाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन ।’

त्यस्तै विष्णु पाण्डेले पनि रिमाललाई नै मेन्सन गर्दै लेखे- ‘कठै सल्लाहकारज्युका शब्द चयन! भोली फेरी यही समाजमा सामान्य नागरिकको रुपमा जिवन यापन गर्नु पर्ने दिन आउदैन ? कि त्यती दुरर्दर्शिता पनि छैन ? सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषता सहित सल्लाहकार पदको आबेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण ?’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १० : २० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न