चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका | Khabarhub Khabarhub

चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए ।

तालीमपछि आधारभूत पत्रकारिताको ज्ञान प्राप्त भएको र गाउँघरका कतिपय विषयवस्तुलाई समाचारको ढाँचामा बदल्न सक्ने कैलाश–७ का आइतसिंह चेपाङले बताए । तालीमका अर्का प्रशिक्षार्थी नेत्र चेपाङका अनुसार यो तालीमले यहाँको रेडियोमा बोल्ने सपना पूरा गर्न भूमिका खेल्छ । ‘तालीम लिएपछि हामीले ‘कैलाश सेरोफेरो’ नामक कार्यक्रम तयार पारेका छौँ, अब मनहरि एफएमबाट चाँडै प्रसारण गर्छौँ’, उनले भने । तालीममा सहभागी अर्का प्रशिक्षार्थी चित्रबहादुर प्रजा तालीमले आफ्ना मनोभावना व्यक्त गर्ने कला सिकाएको बताए ।

यस्ता तालीमले राज्यको मूल प्रवाहबाट अलग रहेको जाति समुदायलाई मूलधारमा ल्याई देश निर्माणको साझेदार बनाउन मद्दत पुर्‍याउने बताउँछन् प्रदेश नं ३ का सांसद ओम घलान ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ५३ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको