गर्भनिरोधक चक्कीले यस्ता समस्याबाट पनि छुटकारा दिलाउँछ | Khabarhub Khabarhub

गर्भनिरोधक चक्कीले यस्ता समस्याबाट पनि छुटकारा दिलाउँछ


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्भनिरोधक चक्कीको गतल प्रयोगले स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ । गर्भ निरोधक चक्कीको सेवनले महिलामा हर्मोनल गडबडी हुनसक्छ । तर, यो चक्कीले हानि मात्र गर्दैन । गर्भ निरोधक चक्कीको सेवनले यस्ता केही फाइदा पनि हुने चिकित्सकहरु सुझाउँछन्–

गर्भनिरोधक चक्की अनिच्छित गर्भ रोक्नमा मात्र सिमित छैन । यसका अन्य धेरै फाइदाहरु छन्, जसले महिलालाई महिनावारी हुन मद्दत गर्नुका साथै डन्डिफोरको समस्याबाट उन्मुक्ति दिलाउँछ ।

महिनावारी ढिलो हुनुमा हर्मोनले ठूलो भूमिका खेल्छ । खासगरी, महिनावारी हुदाँ बढी रक्तश्राव भएमा वा महिनावारी अनियमित भएमा यस्ता गर्भ निरोधक चक्कीले त्यसलाई नियन्त्रित गर्न मद्दत गर्छ । गर्भनिरोधक चक्कीको प्याकेटमा २८ चक्की औषधी हुन्छ ।

यसमा २१ वटा सक्रिय चक्की (हर्मोन सहित) र बाँकी सात निस्क्रिय चक्की हुन्छ । निस्क्रिय चक्की सेवन गरेमा महिलाहरुमा महिनावारी हुने गर्छ । त्यसैले, धेरै सक्रिय चक्कीको सेवन गरेर पनि महिलाले आफ्नो महिनावारी नियमित गर्न सक्दछन् । यसले पोलीसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) पनि निको पार्छ ।

शरीरमा हर्मोनको गडबडी भएमा पिम्पल्स आउने गर्छ । गर्भनिरोधक चक्कीको सेवनले शरीरमा हर्मोनलाई नियन्त्रित गर्छ । यो चक्कीमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन नामक हर्मोन हुने भएकोले यसको सेवनले हर्मोनलाई नियन्त्रित गरी पिम्पल्सको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

महिनावारी सम्बन्धि दुखाईबाट छुटकारा दिलाउँछ । एक रिपोर्टमा उल्लेख गरिए अनुसार महिनावारीको दुखाई कम गर्न ३१ प्रतिशत महिलाले गर्भ निरोधक चक्कीको सेवन गर्छन् । किनकी महिनावारी हुदाँ पाठेघरले प्रोस्टेग्लैडिंग नामक हर्मोनको स्राव गर्छ । यो हर्मोन बढी स्राव भएमा पेट दुख्ने गर्छ । यो हर्मोनले महिनावारीमा गर्भाशयलाई संकुचित बनाउँछ, जसले महिनावारीमा क्राम्प्स हुने गर्छ ।

एस्ट्रोजेन र प्रोजेस्टेरोन नामक संयुक्त हर्मोनको सेवन गर्नेहरुमा गर्भाशयको क्यान्सर हुने सम्भावना पनि ५० प्रतिशत कम हुन्छ । कतिसम्म भने यो औषधी खान छोडेपनि यसको असर बीस वर्ष पछि सम्म पनि रहिरहन्छ । र, यसले डिम्बासयमा हुनसक्ने क्यान्सरबाट पनि बचाउँछ ।

महिनावारीका क्रममा धेरै महिलालाई उच्च रक्तश्राव हुन्छ । जसले गर्दा उनीहरुमा रक्तअल्पत्राको जोखिम पनि धेरै हुने गर्छ । रक्तअल्पत्रा भएमा रगतमा अक्सिजनको आपूर्ति गर्ने हेमोग्लोविनको मात्रा कम हुने गर्छ । जबकी हर्मोनयुक्त गर्भनिरोधक चक्कीको सेवनले महिनावारी हुदाँ धेरै रक्तश्राव हुँदैन र महिनावारीमा कारण हुने रत्तअलपत्रा पनि हुँदैन ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०