प्रधानसेनापति थापा सोमबार अमेरिका जाँदै | Khabarhub Khabarhub

प्रधानसेनापति थापा सोमबार अमेरिका जाँदै


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा सोमबार(भोलि) अमेरिका जाने भएका छन् ।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जाल सम्बन्धी बैठक र संयुक्त राष्ट्रसङ्घ सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन थापा अमेरिका जान लागेका हुन् ।

उनी चार सदस्यीय भ्रमण टोलीका साथ त्यसतर्फ जान लागेका हुन् । भ्रमणको क्रममा प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागका उच्च पदाधिकारी तथा दक्षिण एसिया विभाग हेर्ने पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा आगामी साउन १ गते स्वदेश फर्किने छन् । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : २४ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल