साउनमा एभिसी सेन्ट्रल जोन भलिबल हुँदै | Khabarhub Khabarhub

साउनमा एभिसी सेन्ट्रल जोन भलिबल हुँदै


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौं संस्करणको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगिता साउनमा हुने भएको छ ।

प्रतियोगिता काठमाडौंमा आयोजना हुने नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । नेपालमा हुने प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म छ । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ देशका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसै प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले प्रायोजन गरेको छ । संघ र महासंघबीच शुक्रबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासंगै प्रतियोगिताका लागि महासंघले आयोजकलाई ४० लाख नगद उपलब्ध गराउने छन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन