‘प्रेम गीत ३’ मा अञ्जली अधिकारीको सम्भावना बढी छ भन्ने होइन | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ मा अञ्जली अधिकारीको सम्भावना बढी छ भन्ने होइन


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – यस वर्ष खासै धेरै सिनेमा बनिरहेका छैनन् । निर्माणका क्रममा रहेका केही सिनेमाले भने दर्शकलाई उत्साहित बनाएका छन् । व्यावसायिक रुपमा सफल सिनेमा ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ पछि निर्माण टिम यसको तेस्रो भाग पनि निर्माण गर्ने तयारीमा लागिरहेको छ ।

फिल्ममा शीर्ष भूमिकामा त प्रदीप खड्का नै हुनेछन् । तर, तेस्रो भागमा नयाँ नायिकाको खोजी भइरहेको छ । ‘प्रेम गीत ३’ मा गीतको भूमिका निभाउन २५ युवतीबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनसँग खबरहबले कुराकानी गरेको छ:

‘प्रेमगीत ३’ का लागि ‘गीत’को अडिसन कस्तो रह्यो ?

भर्खरै हामीले प्राथमिकतामा परेका २५ जनासँग अडिसन लियौँ । अडिसन निकै उत्साहित र सफल भयो । सहभागी सबै गीतहरुले उत्कृष्ट प्रस्तुति दिनुभयो । गीतको क्यारेक्टर बन्न खोज्नुभयो । हामी अब रिजल्टको पर्खाइमा छौँ । ती प्रतियोगीको भिडियो हेरेर हामीले कसलाई गीत बनाउने भन्ने निर्णय गर्नेछौँ ।

छानिएका २५ जनामा सबै गीतका लागि फिट थिए ?

हामीले छानेकामध्ये २० जनाले चाहिँ उत्कृष्ट प्रस्तुति दिनुभयो । उहाँहरु सबै गीत पात्रका लागि दाबेदार हो । अब छानिएकामध्ये फिल्मको पात्रअनुसार को सुहाउँछ, उहाँलाई लिन्छौँ ।

मिडियोमा ‘गलबन्दी’ गीतबाट चर्चामा आएकी अञ्जली अधिकारीले खेल्ने सम्भावना धेरै छ भनेर समाचार आइरहेको छ नि ?

फिल्ममा उहाँ नै हुने भन्ने खालको जुन हल्ला छ, त्यस्तो चाहिँ होइन, अञ्जली अधिकारी ‘गीत’ बन्ने सम्भावना बढी छ भन्ने होइन । उहाँको प्रस्तुतीकरण हेरेर पात्र सुहाउँदो लाग्यो र चरित्र पनि मिल्यो भने उहाँ हुन सक्नुहुन्छ । हेर्छौँ ।

मतलब, २० जनामा सबै उत्तिकै दमदार छन् हो ?

हो, सबै उस्तै कुशल छन् । अझै रिजल्ट आइसकेको छैन । तर एउटा दुःखद कुरा के भयो भने केही ब्यानरले छनोट नगर्दै आफ्नो ब्यानरमा अफर गर्नुभएछ । तिमीहरुलाई सीधै फिल्ममा खेलाउँछु, किन अडिसन दिन्छौ भनेर भन्नुभएछ । केही फिल्ममेकरले लालच देखाएर गाह्रो पारिदिएका छन् । ध्यान भड्काउन खोजेका छन् ।

रिजल्ट नआउञ्जेलसम्म ती प्रतियोगीले कुर्छन् त ?

हो, कुर्छन् । ती अनुहारलाई हामीले उत्कृष्ट २५ मा नल्याइदिएको भए कसैले चिन्देनथे । अहिले मेकरले समेत चिन्ने मौका पाए । प्रतियोगीले पनि राम्रो क्रेज देखाएका छन् । अमेरिकाबाट पनि अडिसन दिन आएका छन् । केही प्रतियोगीले युके र अस्ट्रेलियाबाट सीधै आउने भन्नुभएको छ । यसलाई हामीले ‘प्रेम गीत ३’ का क्रेजका रुपमा लिएका छौँ ।

फिल्ममा प्रदीप खड्का नै अभिनेता हुन् नि ? औपचारिक जानकारी त गराउनुभएको छैन त !

हामीले विशेष कार्यक्रम गरेर प्रदीप खड्कालाई इन्ट्री गराउने भनेका थियौँ । तर, सबैलाई थाहा भइसक्यो । हो, प्रदीप खड्कालाई नै प्रेमका रुपमा फिल्ममा लिएका हौँ ।

रिजल्ट आउन ठ्याक्कै कति समय लाग्छ ?

२० देखि २५ दिनसम्म लाग्ला कि !

कथा भन्न मिल्छ ?

यो एउटा ऐतिहासिक फिल्म हो तर वास्तविकता फिल्ममा हुने छैन । बरु फिल्ममा काल्पनिक कथा हुनेछ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ३५ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त