लुटपाटका मुख्य नाइके ‘काका’माथि प्रहरीले चलायो गोली | Khabarhub Khabarhub

लुटपाटका मुख्य नाइके ‘काका’माथि प्रहरीले चलायो गोली


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।

डकैती मुद्दाका फरार काका भनिने छिरिङ  तामाङलाई प्रहरीले बौद्धको अत्तरखेलमा गोली हानेर पक्राउ गरेको हो । गोली लागेर घाइते भएको उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

घाइते तामाङले काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी देखाउँदै लुटपाट तथा आतंक मच्चाउने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ।

जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो। सो क्रममा उनै तामाङले उक्त पसलेलाई खुकरी प्रहार गरेका थिए।

यसअघि सोही समूहका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ०८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका