विश्वकपमा आज दुई एसियाली टोलीबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

विश्वकपमा आज दुई एसियाली टोलीबीच प्रतिस्पर्धा हुने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) दुई एसियाली टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् । इङ्ग्ल्याण्डको बिस्ट्रोल ग्राउण्डमा हुने खेलमा एसियाली टोली पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि समान दुई–दुई खेल खेलेका पाकिस्तान र श्रीलंकाले एक खेलमा हार र एक खेलमा जीत हात पारेका छन् । दुवै टोलीले विश्वकपको आफ्नो पहिलो खेलमा हार व्यहोरेका थिए भने दोस्रो खेलमा लय समात्न सफल भएका थिए ।

पाकिस्तान ब्रिस्टोलमा श्रीलंकालाई रोक्दै आफ्नो विजयी यात्रा कायम राख्ने योजनामा रहेको छ भने श्रीलंका पनि जीतको खोजीमा हुने छ ।

पाकिस्तान प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै खेलमा फर्किएको थियो । त्यस्तै, श्रीलंकाले युवा टोली अफगानिस्तानलाई पराजित गरेको थियो ।

पाकिस्तानले यसअघि खेलेका ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये १ मात्रै जीत्न सकेको छ भने श्रीलंकाले खेलेका ५ खेलमा २ मा जीथत र ३ खेलमा हार व्यहोरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : ३६ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको