सशस्त्र प्रहरीका जवान ३० हजार घुससहित पक्राउ | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका जवान ३० हजार घुससहित पक्राउ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– सशस्त्र प्रहरी बलको नम्बर ११ गण, हजमिनिया रौतहटमा कार्यरत सशस्त्र प्रहरीका जवान अरुण झा ३० हजार घुससहित पक्राउ परेका छन् ।

भारतीय सीमावर्ती शहरबाट कस्मेटिक सामान आयात गर्ने व्यक्तिलाई सामानहरु ल्याउन सहज बनाइदिने बहानामा लिएको ३० हजार घुससहित सशस्त्र प्रहरीका जवान झा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी जवान झालाई रौतहटको गौर नगरपालिका–४ हनुमान चोकस्थित खुश्वु मोटरसाइकल वर्कसपबाट बिहीबार नियन्त्रणमा लिएको हो ।

घुस लिइसकेको अवस्थामा पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको अख्तियराले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १ : ४० बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले