जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले | Khabarhub Khabarhub

जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– ७५ वर्षअघि दोश्रो विश्वयुद्धअन्तर्गत पश्चिमी मोर्चामा नाजी जर्मन फौजविरुद्धको सैनिक कारवाहीका लागि सैनिकहरुले फ्रान्सको नरमेण्डीमा अवतरण गरेको सम्झनामा उक्त युद्धका अनुभवी बयोवृद्ध ९७ वर्षीय पूर्व सैनिकले प्यारासुटबाट हाम फालेका छन् ।

डी डे अर्थात् सन् १९४४ जुन ६ मा नरमेण्डीको तटमा साझेदार मुलुकका सैनिक अवतरण गर्दाका सम्झनामा नरमेण्डीको युद्धका अनुभवी बयोवृद्ध अमेरिकी पूर्वसैनिक टम राइसले नरमेण्डीको तटमा प्यारासुटमार्फत् हाम फालेका हुन् ।

उनले पछिल्लो अवतरण ‘उत्कृष्ट’ भएको राइसले जनाएका छन् । डि डेका दिन उनी अमेरिकी सेनाको १०१ औं एअरबोन डिभिजनमा थिए । डि डेका दिन उनले नाजी फौजको गोलीको परवाह नगरी हाम फालेका थिए । उनले त्यस दिन सम्झिदा पनि कहालीलाग्ने बताए ।

त्यसबाहेक नरमेण्डीकै युद्धका अनुभवी अन्य दुई बयोबृद्ध बेलायती पूर्वसैनिकले पनि प्यारासुटबाट हाम फालेका छन् । दुई बेलायत पूर्व सैनिकहरु ९५ वर्षे ह्यारी रेड तथा ९४ वर्षे जोन हटनले पनि नरमेण्डीको तटमा हाम फालेका छन् ।

दोश्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीविरुद्ध साझेदार मुलुकका सेनाले सन् १९४४ जुन ६ का दिन नरमेण्डीको तटमा अवतरण गरेपछि दोश्रो विश्वयुद्धको मोड नै परिवर्तन भएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ८ : ४९ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो