मेलम्चीबाट इटालियन कम्पनी सीएमसीलाई हटाउने निर्णय | Khabarhub Khabarhub

मेलम्चीबाट इटालियन कम्पनी सीएमसीलाई हटाउने निर्णय


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडेको छ ।

ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिनभित्र जवाफ पठाउन समितिले इटालियन कम्पनी सिएमसीलाई माघ ६ गते पत्राचार गरेको थियो । तर, ठेकेदार कम्पनी सीएमसीबाट कुनै आधिकारीक जवाफ नआएपछि कानूनी जटिलता पैदा भएको भन्दै ठेक्का सम्झौता रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले भनेको छ,‘यस्तो परिस्थितिमा ठेक्का सम्झौता रद्द नगर्दा थप अन्यौल पैदा हुन सक्ने र नेपाल सरकारले फिर्ता लिएको बैंक ग्यारेन्टी रकम समेत गुम्नसकने जोखिम आउन सक्ने भएकाले मेलम्ची खानेपानी विकास समितिको मिति २०७५ माघ २४ गते बसेको बोर्ड बैठकले सिएमसी दि राभेनासँग ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।’

ठेक्का तोडिएको परिस्थितिमा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकार समक्ष विकल्प सहितको प्रताव तयार गर्ने र नेपाल सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरि अघि बढ्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ०४ बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।