इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा केहीदिनभित्रः ट्रम्प | Khabarhub Khabarhub

इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा केहीदिनभित्रः ट्रम्प


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता आतंकवादी संगठन इस्लामिक स्टेट पराजित भएको घोषणा गर्नसक्ने जनाएका छन् ।

सिरिया र इराकमा इस्लामिक स्टेटविरुद्ध अमेरिकी युद्धमा अमेरिकालाई साथ दिने ७९ मुलुकका विदेशमन्त्रीहरुको बैठकमा उनले इस्लामिक स्टेटले कब्जा गरेको सबै भूभाग फिर्ता भइसकेकाले इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा आगामी साता गर्नसक्ने जनाएका हुन् ।

बैठमा उनले भनेका थिए–‘‘ इस्लामिक स्टेटले कब्जा गरेको सवै भूभाग फिर्ता भइसकेको छ, यो महत्वपूर्ण पक्ष हो ।’’

केही दिन अघिमात्रै पेन्टागनले आवश्यक सैनिक दबाब नहुँदा इस्लामिक स्टेट फर्कनसक्ने जनाएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट पराजित भइसकेकाले सिरियाबाट २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । यसअनुसार सिरियाबाट सैनिक फिर्ता हुने प्रकृया पनि सुरु भइसकेको बताइएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुँदैमा सिरियामा अमेरिकी युद्ध समाप्त भइनसकेको जनाएका थिए ।  अमेरिकाको स्टेट डिपार्टमेन्टमा भएको यो बैठक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको घोषणापछिको पहिलो बैठक हो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : १९ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा