फिलिपिन्समा कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम ! | Khabarhub Khabarhub

फिलिपिन्समा कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम !


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– विश्वका हरेक समुदायमा कुरा काट्ने कोही न कोही त हुन्छन् । कुरा काट्ने मान्छे नभएको सायदै कुनै समुदाय होला । तपाईं हाम्रै समुदाय वा साथी भाइको समूहमा पनि कुरा काट्ने कोही न कोही त हुन्छन् नै ।

कुरा काट्ने बानी रोकेर रोकिने त होइन । तर फिलिपिन्सको एक शहरले भने शहरका मानिसहरुलाई कुरा काट्नै प्रतिबन्ध लगाउँदै आएको छ । राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको बिनालोनान शहरले त्यहाँ बसोबास गर्ने मानिसका लागि कुरा काट्न प्रतिबन्ध लगाएको हो ।

शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

यसअनुसार अरु कसैको व्यक्तिगत जीवनबारे जुनसुकै कुरा गर्न समेत पाइदैन । शहरमा को मानिसले कति ऋण लियो, कसको चक्कर कोसँग चल्दैछ कसले कसलाई धोका दियो वा यस्तै किसिमका कुरा गर्न पाइदैन । यद्यपि कुन स्तरको संवादलाई कुरा काटेको भन्ने बारे भने शहरको स्थानीय कानूनमा केही खुलाइएको छैन ।

पहिलो पटक कुरा काट्ने मानिसलाई २ सय फिलिपिनी पेसो अर्थात् ३.८ डलर जरिवाना तथा ३ घण्टा सडकको फोहोर संकलन गर्ने सजाय दिइनेछ ।

पटक पटक यस्तै ‘अपराध’ दोहो¥याएमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ । शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : २४ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना