‘पहिलेका सरकारको गल्ति, आलोचना अहिले ?’ | Khabarhub Khabarhub

‘पहिलेका सरकारको गल्ति, आलोचना अहिले ?’


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा सरकारका पालामा भएका काम का विषयलाई लिएर वर्तमान सरकारको आलोचना भइरहेको आरोप लगाएका छन् । संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठेक्का प्रक्रियामा भइरहेको विलम्ब आफ्नो सरकार आएपछि लगाएको ठेक्का नभएर वर्षौं अघि दिइएको ठेक्का हो । यसलाई लिएर आलोचना गर्नु उचित होइन ।’

प्रधानमन्त्रीले निर्माण कार्यमा हुने विलम्ब कुनै पनि हालतमा सह्य नहुने बताए । उनले अब मूल्य, समय र गुणस्तरको विषयलाई सरकारले गम्भीरताका साथ हेर्ने पनि स्पष्ट पारे । सरकारले सडकमा विमानस्थल बनाउनु नभनेको भन्दै प्रधानमन्त्रीले आपतकालिन अवस्थामा हवाईजहाज अवतरण गर्न मिल्ने संरचनाको निर्माणलाई मजाकमा उठाउन नहुने उनको भनाई छ । ‘सरकारले यस्तो पनि सोच्न भ्याउँदो रहेछ भनेर खुशी हुनु पर्ने बेलामा सरकारको जरो खन्नु उचित होइन ।’

सरकारले महिला सशक्तिकरणका लागि पनि गम्भीर भएर कार्यक्रम ल्याएको बताए । उनले भने, ‘महिलाको विकास र सशक्तिकरणका लागि थुप्रै कार्यक्रम ल्याइएको छ । महिनावारी भएको अवस्थामा विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका कार्यक्रमलाई पनि पहिलो पटक समेटिएको छ,’ प्रधानमन्त्रीले भने, ‘युवा रोजगारीका लागि पनि थुप्रै कार्यक्रम ल्याइएको छ । प्रमाणपत्र धितो रोखेर, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत थुप्रै युवा लक्षित कार्यक्रम आएको प्रधानमन्त्रीको दाबी छ ।

पूर्वाधार विकास, विद्युतिकरण, पर्यटनको विकासलगायत थुप्रै काम गर्नु पर्ने भएकाले सरकारले प्राथमिकताको क्षेत्र सीमित रुपमा ल्याएको उनको भनाई छ ।
नेपालीले आज पनि भात खाने, भोलि पनि भात खाने मात्रै लक्ष्य राखेर देश विकास नुहने भन्दै कुनै पनि जनता भोकै र आवास बिनाको नहुने भएकाले यसमा ढुक्क हुन आग्रह गरे । उनले भने, ‘अब खान, लाउन नपाउने, सडकमा अलपत्र बेसहरा भएर बस्न नपर्ने दिन आए ।’

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  २ : ५२ बजे

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका