राष्ट्रपतिले मात्र होइन, विपक्षीले पनि भन्ने ‘मेरो सरकार’ नै हो–प्रधानमन्त्री | Khabarhub Khabarhub

राष्ट्रपतिले मात्र होइन, विपक्षीले पनि भन्ने ‘मेरो सरकार’ नै हो–प्रधानमन्त्री


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले लोकतन्त्रको संस्थागत विकास, जनप्रनिधिको प्रतिष्ठा तथा सम्मान बढाउने बताएका छन् । उनले यो नीति तथा कार्यक्रममार्फत सामाजिक न्याय र समानताको सिद्धान्तलाई समेटेको बताए ।

नीतिगत स्थिरता, स्थायित्व र शान्तिलाई यस नीति तथा कार्यक्रमले बुझेको भन्दै प्रधानमन्त्री ओलीले नीतिगत स्पष्टता र अग्रगामी सोचका लागि नीतिगत स्थिरता र स्थायित्व आवश्यक रहेको बताए ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा यस नीति कार्यक्रमले अरु अगाडि बढाउने भन्दै प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव हेर्दा केही साथीहरुमा अन्योल भएजस्तो लागेको छ । आलोचनाको कुनै ठाउँ छैन ।’

जनताको आर्थिक स्तरलाई माथि उठाउनकै लागि कृषिलाई जोड दिइएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले कृषिलाई व्यवस्थित र योजनाबद्ध ढंगले अगाडि बढाउन आवश्यक भएकाले त्यसैअनुरुप सरकारले कार्यक्रम ल्याएको बताए । पानी मात्रै पर्दैमा कृषि उपजको उत्पादन नबढ्ने तर्क गर्दै प्रधानमन्त्री ओलीले सरकारी कार्यक्रम तथा योजनाको पनि भूमिकालाई नबिर्सन आग्रह गरे ।

नीति तथा कार्यक्रममा केही पनि नयाँ नआएको प्रतिपक्षको भनाइ प्रति कटाक्ष गर्दै केही नआएको पनि भन्ने सबै कुरा आएको छ पनि भन्दा आफुले नबुझेको भन्दै उनले भने, ‘पहाड खन्यो मुसो निस्कियो’ भने जस्तै तर्क भएको बताए ।

राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रतिपक्षले गरेको आलोचनाको भाषा सहज रुपमा लिन नसकिने खालको र कुटनीतिक मर्यादा विपरित भएको बताए । संविधान पढ्ने कार्य अत्यन्तै राम्रो भएको तर त्यसलाई फरक ढंगमा व्याख्या गर्ने शैली राम्रो नभएको उनको भनाई छ ।

राज्य व्यवस्थाको सर्वोच्च र सम्मानित संस्था भएकाले राष्ट्रपतिले मेरो भन्दैमा संकुचित रुपमा लिन नहुने आग्रह गर्दै नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक मूल्य मान्यताका विषयमा आलोकाचोपन देखाउनु उचित नभएको बताए । भूलचुकले सम्बोधनको भाषा परेको हो कि भन्ने भ्रममा नपर्ने आग्रह गर्दै जानीबुझी नै राखिएको स्पष्ट पार्दै राष्ट्रपतिले मेरो सरकार भन्नु वान्छनीय भएको तर्क गरे । ‘राष्ट्रपतिले तिमी, तपाईं, कस्को सरकार भनेर सम्बोधन गर्ने ?, जसको सरकार भएपनि मेरो सरकार भन्नु उचित छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिपक्षले पनि यो सरकारलाई मेरो सरकार भन्नु पर्ने जोड दिँदै आगामी बजेटमा प्रतिपक्षका लागि प्रशस्त बजेट आउने बताए । उनले भने, ‘हेर्नु होला बजेटमा प्रतिपक्षका लागि कति बजेट आउँछ ।’

संविधान संशोधनीय दस्तावेज भएको उल्लेख गर्दै एउटा क्षेत्रका लागि मात्रै नभइ देशको भलाइका लागि हुनु पर्ने तर्क गर्दै संविधान संशोधन जुन सुकै मौसममा गाउने गीत नभएको बताए । कुन विषयमा संशोधन गर्ने, के का लागि संशोधन भन्ने कुरा स्पष्ट हुनु पर्ने  उनको भनाइ थियो ।

संविधान संशोधन गर्न सकिने तर कुनै लहडको विषय चाहिँ नभएको प्रधानमन्त्रीको भनाइ थियो । पूर्ण लोकतन्त्र भन्दा प्रतिपक्षले किन आपत्ति मान्नु पर्ने प्रश्न गर्दै लोकतन्त्र समृद्धिसँग गासिएको, समानताका प्रश्नसँग गासिएको, सुशासनसँग जोडिएको बताए ।

समृद्धि र समृद्धिको समुचित वितरणलाई आफ्नो सरकारले जोड दिएको बताउँदै पूर्ण लोकतन्त्रको कुरामा आपत्ति जनाउनु पर्ने कारण नभएको प्रधानमन्त्रीको तर्क छ ।

सरकारले पूर्ण लोकतन्त्र भन्दा तानाशाहीको ट्याग लगाउने काम भएको उल्लेख गर्दै विक्रम संवत २१०० सयसम्मको लक्ष्यलाई हेरेर देशलाई कहाँ पुर्‍याउने भन्ने कुरामा अघि बढ्नु पर्ने बताए । ढुंगा हान्दा जहाँ खस्छ त्यही मेरो टार्गेट भन्न नहुने प्रधानमन्त्रीकाे तर्क थियो ।

प्रधानमन्त्री ओलीले अहिले देखिएको व्यापार घाटा डर लाग्दो स्थितिमा पुगेको भन्ने कुरा सत्य नभएको बताएका छन् । पछिल्लो वर्ष निर्माण सामग्रीको खरिदका कारण व्यापार घाटा देखिएको बताएँदै उनले त्यसबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको बताए ।

अहिले देखिएको व्यापार घाटालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्ने आश्वासन दिए । ‘अघिल्लो वर्ष कानून निर्माण, संविधान कार्यान्वयनलगायतका कार्यमा संसारकै कीर्तिमान भएको छ,’ प्रधानमन्त्रीले भने । यो सरकारको पहिलो वर्षलाई आधार वर्ष भनिएकाले सरकारको पहिलो वर्षले विकासको आधार बनाएको गर्दै मुलुकमा पृथकवादको पनि अन्त्य भएको दावी गरे । पहिलो वर्षमा युकान्तकारी काम भएकाले अब भने यो सरकारले यस वर्षबाट गति लिने विश्वास दिलाए ।

सरकारले गरेका राम्रा कामलाई प्रतिपक्षले राम्रो नभने पनि सरकारको गति नरोकिने भन्दै प्रधानमन्त्रीले प्रदेश सरकार तथा स्थानीय सरकार स्वतन्त्र सरकार हो भनेर बुझ्न नहुने बताए । ति संघीय संरचना केन्द्र सरकार मातहत नै चल्नु पर्ने स्पष्ट पारे । यस्तै भ्रष्टाचार नियन्त्रण गर्न यो सरकार प्रतिबद्ध भएर लागेको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले प्रश्न गर्दै भने–‘यो सरकार बनेपछि खुल्ला मञ्च मासेको हो र ? यो सरकारले त त्यो फिर्ता ल्याउँदै छ । बालुवाटारको जग्गा प्रकरण अहिले भएको हो र ? अहिले त छानविन हुँदैछ । हवाईजहाज खरिद प्रकरण अहिले भएको हो र ? अहिले त छानविन हुँदैछ ।’

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  २ : २२ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट