चुनौतीको चाङका कारण सरकारले गति लिन सकेनः प्रचण्ड | Khabarhub Khabarhub

चुनौतीको चाङका कारण सरकारले गति लिन सकेनः प्रचण्ड


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले चुनौतिको चाङलाई समाधान गर्दै अघि बढ्नु परेकाले सहज ढंगले गति लिन नसकेको बताएका छन् ।

सरकारले प्रतिनिधिसभामा पेस गरेको नीति तथा कार्यक्रममाथिको आज (मंगलबार) भएको छलफलमा बोल्दै प्रचण्डले दिगो शान्ति, स्थायित्व नभएसम्म विकासले पनि गति नलिने बताए । अबका दिनमा विगतमा भएका गल्तीलाई नसच्याउने हो भने खतराको घण्टी बझ्न सक्ने संकेत गर्दै सबै राजनीति नेतृत्व बेलैमा सच्चिनु पर्ने उनको भनाइ थियो ।

नीति तथा कार्यक्रमले भूउपयोग नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन बल पुगेको बताउँदै मुलुक कृषिको आधुनिकीकरणतर्फ उन्मुख भएको उनकाे भनाइ थियो ।

कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजारिकरण गर्न नसके कृषिमा सफलता हासिल गर्न नसकिने बताउँदै यसले बेरोजगारी तथा सुकुम्बासी समस्यासमेत समाधान हुने जिकिर गरे । नीति तथा कार्यक्रमले कृषिमा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याएकाले यसबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रोजगारी सिर्जनाका लागि सरकारले औद्योगिकीकरणलाई पनि जोड दिएको उनको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति शंका नगर्न प्रतिपक्षलाई आग्रह गर्दै उनले देशको समृद्धिको लागि सबै एक हुनु पर्नेमा जोड दिए ।

प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्न सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे पनि यसको कार्यान्वयनलाई सत्ता पक्षले सकारात्मक आलोचनाको रुपमा लिँदै अगाडि बढ्नु पर्ने बताए ।

उत्तर र दक्षिणी छिमेकी मुलुकलाई रेल मार्गले जोड्ने सपना अब साकार हुने अवस्थामा पुगेको दावी गर्दै काठमाडौंमा रेल आउने कुरा श्वेर कल्पना नभएको जिकिर गरे । ठूला आकांक्षा राख्नु गलत नभएको बताउँदै प्रचण्डले जनता र देशको समस्या समाधानमा २००७ सालदेखि नै राजनीतिक नेतृत्व चुकेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : ४१ बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ