सुष्मा नेपालको गजल | Khabarhub Khabarhub

सुष्मा नेपालको गजल


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सुष्मा नेपाल

भन्छन्, झ्वास्स देख्दा व्यक्तित्व पहिचान भेटिन्छ
एकजोर पोशकमै मान्छेको स्वाभिमान भेटिन्छ

तिमी नगर हामी नगरौं ठूला अपेक्षा कसैमाथि
देश हल्लाउनेसँग भाषण कि उखान भेटिन्छ

भेट्टाइन्न अधिकार जुनसुकै निकाय धाए पनि
कार्यलयतिर मान्छे झुलाउने विधान भेटिन्छ

तिमी झाँक्रीकोमा जाँदै नजाऊ न है प्रियतम्
स्वस्थ्य हुँदा पनि कि देवता कि लगान भेटिन्छ

बिहेपछि गजल,मुक्तक कता हराउने-हराउने
बल्लतल्ल एक महिनामा एक थान भेटिन्छ

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ४९ बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको