सुबिनले ‘समर लभ’ हेरे, भावुक बने | Khabarhub Khabarhub

सुबिनले ‘समर लभ’ हेरे, भावुक बने


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘समर लभ’ हेरेर लेखक सुबिन भट्टराईले आफू भावुक भएको लेखेका छन् । सामाजिक सञ्जाल फेसबूकमा उनले लामो स्टाटस पोस्ट गर्दै कमजोरी भए पनि फिल्मले भावुक बनाएको बताए ।

‘अक्षरहरु एकाएक दृश्यमा उतारिँदा त्यो कसैलाई चित्त बुझ्ने काम होला, कसैलाई चित्त दुख्ने काम होला’, उनले लेखेका छन्, ‘तर सिनेमा हेरिसकेपछि कमी कमजोरी हुँदाहुँदै पनि समग्रमा यसले मलाई छोयो, यो हेरिसक्दा म भावुक नभइरहन सकिन ।’

फिल्मको पोस्टर

उनले यो फिल्म एउटा भावुक प्रेमकथा भएको पनि लेखेका छन् । पुस्तकजस्तै यो फिल्म पनि प्रेम गर्ने सबैलाई भएको उनले लेखेका छन् ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा सामीप्यराज तिमल्सेनाको स्किृप्ट छ । पुस्तकमा आधारित यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्म आउँदो शुक्रवारबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ५२ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए