तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात | Khabarhub Khabarhub

तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानै सिमसिम पानी परेको छ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो । पानी परेपछि विहानै कलेज जाने विद्यार्थी प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले विहीबार (आज) देखि तीन दिन मुलुभर वर्षा हुने र हिमाील क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

पश्चिमबाट वर्षा पूर्वतिर सर्दै जानेछ । बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवस रिमालले बताए । विहीबार (आज) पनि काठमाडौं उपत्यका लगायत पश्चिम नेपालमा वर्षा हुने उनले बताए ।

पूर्वी नेपालमा पनि विहीबारबाटै वर्षा शुरु हुने प्रक्षेपण गरिएको छ । हिमाली क्षेत्रमा हिमपात हुने भएकाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरिएको छ ।

 

 

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ७ : २२ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा