दियाला नदीमा बाढी आएपछि दुई सय घर परिवारलाई अन्तै सारियो | Khabarhub Khabarhub

दियाला नदीमा बाढी आएपछि दुई सय घर परिवारलाई अन्तै सारियो


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ ।

दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरुले जनाएका छन् ।

दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिए ।

विगत केही दिनदेखि त्यस क्षेत्रमा वर्षा भएर बाढी आइरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

इरानसँगको सीमा क्षेत्रमा पर्ने इराकको पूर्वी र दक्षिणी क्षेत्रका धेरै ठाउँमा यसको प्रभाव परेको छ । इरानको पश्चिमी क्षेत्रमा पनि अत्यधिक वर्षा र बाढी आएको अधिकारीहरुले जनाएका छन् ।

दियालाको प्रान्तीय परिषद्का सदस्य खुधेर अल ओबैडीले प्रान्तको पाँचवटै बाँध भत्किएको बताए । उनले धेरै वर्षपछि यस्तो भएको जानकारी दिए ।

“मान्दाली, क्वाजान्या, हिम्रिन, अल अधैम र अल वान्ड बाँधमा क्षमता भन्दा बढी पानी आएपछि बाँध नाघेर पानी बहेको छ,” अल ओबैडीले भने ।

बाढी नियन्त्रण गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि इराकका प्रधानमन्त्री अडेल अब्दुल माहदीले आपतकालीन बैठक गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  २ : ५८ बजे

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक