दिवंगत भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि | Khabarhub Khabarhub

दिवंगत भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– शुक्रबार निधन भएका थेरवाद बुद्ध धर्म भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले भिक्षु अश्वघोषको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको थियो ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवर्द्धनमा लागेकाका ९४ वर्षीय भिक्षु अश्वघोषले करीब १५० कृतिहरू प्रकाशित गरेका भिक्षु तपस्सी धम्मले जानकारी दिए । दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकारसमेत थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १ : ०९ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ