पाठेघरको क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा | Khabarhub Khabarhub

पाठेघरको क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलामा हुने पाठेघरको क्यान्सरको विषयमा अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । क्यान्सर केयर नेपाल, नेसनल हस्पिलट एण्ड क्यान्सर रिचर्स सेन्टर र अमेरिकन सोसाइटी अफ क्लीनिकल अंकोलोजी तथा गाइनोकोलोजिकल अंकोलोजी सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा बिहीबारबाट सम्मेलन शुरु भएको हो ।

नारी दिवसको अवसरमा महिलामा हुने क्यान्सरको विषयमा सम्मेलन आयोजना गरिएको नेसनल हस्पिलट एण्ड क्यान्सर रिचर्स सेन्टरका निर्देशक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर मदन पियाले जानकारी दिए । नयाँ पुस्ताका स्त्रीरोग विषेशज्ञ चिकित्सकहरुलाई पाठेघरको क्यान्सरको विषयमा भइरहेको उपचार पद्धतिको विषयमा जानकारी दिने र पाठेघरको क्यान्सर सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डा पियाले खबरहबलाई बताए ।

‘हामीले महिला दिवसको अवसरमा नयाँ पुस्ताका स्त्रीरोग विशेषज्ञहरुलाई पाठेघरको क्यान्सरको विषयमा नेपाल तथा अन्य देशहरुमा भएका अध्ययन अनुसन्धान र उपचार पद्धतिको विषयमा जानकारी दिने उद्देश्य यो सम्मेलन आयोजना गरेका हौं,’ डाक्टर पियाले खबरहबसँग भने, ‘बिहीबार कार्यक्रको उद्घाटन मात्रै हो, शुक्रबार पाठेघरको क्यान्सरको विषयमा विज्ञ चिकित्सकहरुले वैज्ञानिक अध्ययनहरुको प्रस्तुतीकरण गर्नुहुन्छ ।’

सम्मेलनमा नेपालसहित अमेरिका, बंगलादेश, भारतका डेढसय भन्दा बढी स्त्रीरोग विशेषज्ञहरुको सहभागिता रहेको डा पियाले बताए ।
कार्यक्रममा नेपालका २० जना र विदेशका १२ जना स्त्री तथा क्यान्सर रोग विशेषज्ञ चिकित्सकले पाठेघरको क्यान्सरको विषयमा आफ्नो उपचार अनुभव तथा रिचर्सको विषयमा प्रस्तुतीकरण दिनेछन् ।

वार्षिक २ हजार महिले ज्यान गुमाउछन्

नेपालमा महिलामा हुने क्यान्सरमा पाठेघरको क्यान्सर पहिलो स्थानमा छ । असुरक्षित यौन सम्बन्ध राख्ने, एचपीभी भाइरसको संक्रमण, कम उमेरमा बच्चा जन्माउने र सरसफाइमा ध्यान नदिने महिलाहरुमा पाठेघरको क्यान्सर लाग्ने गर्छ ।

नेपालमा पाठेघरको क्यान्सर पीडित महिला कति छन् ? भन्ने आधिकारिक सरकारी तथ्यांक छैन । नेपालमा क्यान्सरको बिरामीको आधिकारिक तथ्यांक नभएपनि नेपालमा ८ हजारभन्दा बढी पाठेघरको क्यान्सर भएको चिकित्सकहरुको भनाइ छ । ती मध्य वार्षिक २ हजार महिलाले पाठेघरको क्यान्सरकै कारण ज्यान गुमाउने गरेको डा पियाले बताए ।

‘नेपालमा महिलामा हुने पाठेघरको क्यान्सरको अवस्था निकै डरलाग्दो छ, अहिले पनि वार्षिक २ हजार महिलाको पाठेघरको क्यान्सरकै कारण मृत्यु हुन्छ,’ डा पियाले भने, ‘समयममै रोग पत्ता लागेको अवस्थामा यो रोग निको हुने भएपनि समयमा क्यान्सरको विषयमा सचेत नहुँदा र उपचारमा ढिलाई गर्दा महिलाहरुले अकालमा ज्यान गुमाउन परिरहेको छ ।’ पाठेघरको क्यान्सरको ४ वटा स्टेज हुन्छ, तर महिलाहरु दोस्रो वा तेस्रो स्टेजमा पुगेपछि मात्रै अस्पताल आउने गरेको डा पियाले बताए ।

डाक्टर पियाका अनुसार स्टेज एक को अवस्थामा रहेका पाठेघरको क्यान्सरका महिलाहरुमा क्यान्सर पूर्ण रुपमा निको हुन्छ । नेपालमा ४० देखि ४५ वर्षको उमेर समूहका महिलाहरुमा पाठेघरको क्यान्सर बढी रहेको डा पियाले बताए ।

महिलामा हुने पाठेघरको क्यान्सरबाट बच्न यौन सम्बन्ध राखेका महिलाहरुले तीन वर्षमा एकपटक पाठेघरको परीक्षण गर्नुपर्ने गर्नुपर्ने डा पियाको भनाइ छ । यस्तै क्यान्सर भएको शंका लागेमा वा स्वास्थ्यमा समस्या देखिएमा समयमै स्त्रीरोग विशेषज्ञ चिकित्सकसँग परीक्षण तथा परार्मश गर्नुपर्ने डा पियाले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ५५ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर