‘थाइ रक्षा चार्त पार्टी’ खारेज’, पदाधिकारीलाई १० वर्ष राजनीतिमा प्रतिवन्ध | Khabarhub Khabarhub

‘थाइ रक्षा चार्त पार्टी’ खारेज’, पदाधिकारीलाई १० वर्ष राजनीतिमा प्रतिवन्ध


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- राजकुमारीलाई चुनावमा उम्मेदवार उठाउने घोषणा गरेको थाइल्याण्डको ‘थाई रक्षा चार्त पार्टी’लाई संवैधानिक अदालतले खारेज गरेको छ । थाई राजा महावजिरलङ्कोर्णकी दिदी उबोलरत्न राजकन्या सिरिवन्दना वर्नावदीलाई आगामी मार्च २४ मा हुन लागेको आम निर्वाचनमा उम्मेद्वार बनाउने घोषणा गरेको थाई रक्षा चार्त पार्टीलाई संवैधानिक अदालतले खारेज गरेको हो ।

अदालतले पार्टीलाई खारेज गरेको तथा पार्टीको कार्यकारी समितिका पदाधिकारीलाई १० वर्षसम्म राजनीतिमा प्रवेश नदिनेगरी फैसला सुनाएको हो । थाई रक्षा चार्त पार्टीले राजकुमारी उबोलरत्नलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएपछि थाइल्याण्डको निर्वाचन आयोगले पार्टीको यो कदम मुलुकको संवैधानिक राजतन्त्रको प्रतिकूल रहेको भन्दै संवैधानिक अदालतमा उजुरी दिएको थियो ।

६७ वर्षीया राजकुमारी उबोलरत्नले सन् १९७२ मा आफ्नो राजकीय पद त्यागेपनि उनलाई थाइल्याण्डमा अझै पनि राजकुमारीजस्तै व्यवहार गरिने बताइएको छ । राजा महा वजिरलङ्कोर्णले पनि राजकुमारी उबोलरत्नको उम्मेद्वारीको चर्को विरोध गरेका थिए ।

चुनाव आउन दुई साताअघि संवैधानिक अदालतले यो फैसलालाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थाई रक्षा चार्त पार्टीलाई थाइल्याण्डको वर्तमान संस्थापन विरोधी तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा प्रति वफादार पार्टी मानिन्छ ।

सन् २०१४ मा सेनाले तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पदच्युत गरी शासन आफ्नो हातमा लिएपछि थाइल्याण्डमा हुन लागेको यो पहिलो आम चुनाव हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : २८ बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर