ढ्यापढ्यापे समयमा हृदयेशले भने– सरकारलाई विचरा भन्नु परिरहेको छ | Khabarhub Khabarhub

ढ्यापढ्यापे समयमा हृदयेशले भने– सरकारलाई विचरा भन्नु परिरहेको छ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद हृदयेश त्रिपाठीले लामो समय बन्द रहेर संञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहीबार बसेको बैठकमा ढ्यापढ्यापे समयमा बोल्दै उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनिमिलमाथि अबिलम्ब हस्तक्षेप गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको हो ।

डेढ महिना पछि सञ्चालन भएका चिनी मिलहरु पुन बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलहरुमाथि हस्तपक्षेप गरी संञ्चालनको व्यवस्था मिलाउन नसके हजारौं किसानहरु उखु जलाउन बाध्य हुने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले उखु किसानका लागि सरकारले घोषणा अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले सम्बोधन नगरेकाले सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव हरु त्यत्तिकै थन्किएको भन्दै संसदको प्रभावकारिता माथि प्रश्न उठाए ।

उनले कृषि उपजको मुल्य निर्धारण आयोगको गठन गरी त्यसले निस्पक्ष रुपमा कृषि उपजको मुल्य निर्धारण गरेपछि सरकारले समर्थन मूल्य घोषणा गरोस् आफुले संकल्प प्रस्ताव दर्ता गराएको भएपनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गरे ।

उनले भने“दुख लागिरहेको छ, आफ्नै सरकारलाई विचरा भन्न परिरहेको छ ।” उनले रेशम चौधरीलाई न्यायलयले न्याय नगरेको टिप्पणी गरे । उनले भने “हाम्रा अदालतले फैसला गर्छन् ,न्याय गर्दैनन् भनेर एक जना पुर्व प्रधानन्यायाधीशले आजै मात्रै भन्नुभएको थियो । मलाई त्यो कुरा सही लाग्यो । फैसला मात्रै हुने रहेछ । न्याय नहुने रहेछ ।”

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : ०७ बजे

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१