कक्षा १० सम्मका अनिवार्य पुस्तकको मूल्य कति पर्छ ? | Khabarhub Khabarhub

कक्षा १० सम्मका अनिवार्य पुस्तकको मूल्य कति पर्छ ?


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि १० सम्मका अनिवार्य पाठ्यपुस्तकहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जनक शिक्षाले नयाँ शैक्षिकसत्रका लागि नयाँ पुस्तकको मूल्यसूची तोकिएको र निर्धारित मूल्यमा मात्र पाठ्यपुस्तक खरिद विक्रि गर्नुहुन सवैमा अनुरोध गरेको छ ।

नयाँ मूल्यसूची अनुसार कक्षा १ को एक सेट (पाँच थान पुस्तक)को मूल्य रु–२४६ पर्ने जनाएको छ । त्यसैगरी कक्षा २ को पाँच थान पुस्तकको मूल्या रु–२३८, कक्षा ३ को पाँच थान पुस्तकको रु–२९२, कक्षा ४ को पाँच थान पुस्तकको मूल्य रु–३४२ र कक्षा पाँच को पाँच थान पुस्तकको मूल्य रु–३७० पर्ने सूचनामार्फत जानकारी दिएको छ ।

त्यसैगरी जनकशिक्षाले कक्षा ६, ७ र ८ का अनिवार्य ९ थान पुस्तकको मूल्य क्रमशः रु ४४९, रु–५०२, रु ५४४ निर्धारण गरिएको जनाएको छ । त्यस्तै कक्षा ९ को अनिवार्य ६ पुस्तकको मूल्य रु–४४३ र कक्षा १० का अनिवार्य ६ पुस्तकको मूल्य रु–४५१ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ४ : २६ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का