‘द भ्वाइस अफ नेपाल २’ को विजेता भएपछि राम लिम्बुले के भने? | Khabarhub Khabarhub

‘द भ्वाइस अफ नेपाल २’ को विजेता भएपछि राम लिम्बुले के भने?


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित रियालिटी शो ‘द भ्याइस अफ नेपाल सिजन २’ मा विजयी भएका राम लिम्बुले यो जीत सम्पूर्ण दर्शकको भएको बताएका छन् ।

राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक भोट पाएर विजयी भएपछि लिम्बुले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरे । साथै उनले सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’

भोलिका दिनमा उनले संगीतका माध्यमबाट दर्शकको मन जित्ने पनि प्रयत्न गर्ने पनि बताएका छन् ।

लिम्बुले ‘द भ्वाइस अफ नेपाल’को स्टेजमा गीत गाएर लाखौँ दर्शकको मन जित्न सफल भएका थिए । उनी प्रमोद खरेलको टिमबाट उत्कृष्ट ४ मा परेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ४२ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा