अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत | Khabarhub Khabarhub

अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् ।
दुई नेताबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको सिन्ह्यवाले उल्लेख गरेको छ ।

ट्रम्प र इनबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ ।

यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन बढी समस्या देखिएको बताउनुभएको थियो ।

शनिबार बिहान भएको फोनवार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ । यस विषयमा उहाँहरु सहमत पनि हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले भने – वार्ता कोरियाली प्रायद्धीपको वर्तमान अवस्थाका बारेमा थियो र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हुदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा उहाँहरु सहमत हुनुभएको छ ।

प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गरेको जानकारी दिए ।

टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोले उत्तर कोरियाको आणविक निशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उनले बताए ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले हिजो मात्र बताएको थियो ।

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो ।तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप रहदै आएको छ । तैपनि आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।

सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो ।

हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका थिए ।पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको भएपनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाई छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : ३७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका