कतारमा अमेरिका–तालिबान शान्ति वार्ता | Khabarhub Khabarhub

कतारमा अमेरिका–तालिबान शान्ति वार्ता


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका–तालिबान वार्ताको तयारी गरिएको छ ।

कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको द सनले उल्लेख गरेको छ ।

गत साता मात्रै ट्रम्प अफगानिस्तान भ्रमणमा जाँदा तालिबान सम्झौताका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । दोहामा शनिबार अमेरिकाले वार्ताको आयोजना गरेको सीएनएनले जनाएको छ ।

तीन महिनाअघि मात्रै अमेरिका र तालिबानबीच वार्ता अवरुद्ध भएको थियो । वार्ता प्रक्रिया चलिरहँदा तालिबानले गत सेप्टेम्बरमा श्रृंखलावद्ध हमला गरेपछि अमेरिकी तर्फबाट वार्ता रोकिएको थियो ।

शनिबार दोहामा हुने वार्ता अफगानिस्तानमा तालिबानले हिंसा अन्त्य गर्नुपर्ने तथा युद्धविराम गर्नुपर्ने विषयमा केन्द्रित हुने बताइएको छ । गत सेप्टेम्बरमा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानले युद्धविराम गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : ०१ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा