माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक | Khabarhub Khabarhub

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्स विरुद्ध नेपालले जित हात पारेको छ ।

१३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको हो ।

शुरुवाती अग्रता बनाएको माल्दिभ्स विरुद्ध कमव्याक गरेको नेपाली टोलीले दुई गोल गरेको थियो ।

माल्दिभ्स विरुद्ध नेपाल २–१ ले बिजयी भएको हो ।

पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २-१ ले विजयी भएको हो ।

४२ औं मिनेटमा अभिषेक रिजालले गोल गरेपछि नेपाल माल्दिभ्ससँग बराबरीमा पुगेको थियो । ५२ औं मिनेटमा अनन्त तामाङले गोल गरे ।

त्यसपछि कुनै गोल हुन सकेन र नेपाल बिजयी भयो ।

जीतसँगै नेपाल अंक तालिकामा सात अंक रहेको छ । नेपालले अव बङ्गलादेशसँग भोलि खेल खेल्ने छ । यदी नेपालले बंगलादेशसँग बराबरीमात्र गरेपनि नेपाली टोली फाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ३ : २३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न