हातमा यस्तो रेखा भए चम्कने छ भाग्य | Khabarhub Khabarhub

हातमा यस्तो रेखा भए चम्कने छ भाग्य


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवताका रुपमा शनिदेवलाई लिने गरिएको छ ।

ज्योतिष शास्त्रमा शनिको दशा चलेको समयलाई मानिसले निरास रुपमा लिने गरेका हुन्छन् तर शनिदेव सधै नराम्रो गर्ने देवता नभएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

शनिदेव जसको राम्रो हुन्छ, भविष्यमा उ देशको सबैभन्दा महत्वपूर्ण मान्छे बन्न सक्ने ज्योतिष शास्त्रको मान्यता रहेको हुन्छ ।

हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ । केही व्यक्तिको स्वभाव देखि यसको करिअरसम्म पनि यो रेखा हेरेर पत्ता लगाउन सकिन्छ । यहाँ हत्केलामा हुने शनि रेखाको बारेमा बताइएको छ ।

जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ अन्य मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

हस्तरेखा शास्त्रअनुसार यस्ता मानिसलाई कहिल्यै धनको कमी हुँदैन ।

शनिको स्थान भएको औंला लामो भएमा त्यस व्यक्ति शान्तिको प्रिय हुन्छ । उसलाई धार्मिक कार्य गरिरहन मन पर्छ भने आफ्नो करिअरप्रति धेरै नै इमान्दार हुन्छ । उसले नयाँ उचाई प्राप्त गर्छ ।

यदि कसैको हातको हत्केलामा जुन स्थानमा शनि हुन्छन्, धेरै रेखाहरू काटिएको छ या जीवन रेखा सीधा वा दोषपूर्ण छ भने शनिका दशा मानिन्छ । यस बाहेक हत्केलामा रेखाहरूको जार हुन्छ, उसलाई शनिको दशा नभएको मानिन्छ ।

शनिको साथै बृहस्पति राम्रो भएमा त्यस्तो मानिस बुद्धिमानी र स्वाभिमानी हुने मानिन्छ । उसले हर क्षेत्रमा उच्च शिक्षाका साथै प्रशासनिक क्षेत्रमा समेत राम्रो रहन्छ । उद्योगमा पनि उसले सफलता प्राप्त गर्छ ।

जस व्यक्तिको हत्केलामा शनि सिधा रहन्छ उस व्यक्तिको भाग्य राम्रो हुन्छ । त्यस्तो व्यक्ति कला क्षेत्रमा आफ्नो करिअर बनाउन सक्दछ ।

जुन मानिसको हत्केलामा शनि र सूर्यको स्थिती राम्रो हुन्छ, उसले आफ्नो जीवनमा सुख पाउँछ । यसका साथै उसको व्यक्तित्व पनि राम्रो हुन्छ । शास्त्रका अनुसार यस्ता व्यक्ति धेरै नामी तथा दामी हुन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  २ : ४१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०