२१ डीएसपीको काज सरुवा | Khabarhub Khabarhub

२१ डीएसपीको काज सरुवा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको प्रधान कार्यालयले २१ डीएसपीको काज सरुवा गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् ।

त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डिएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन् । त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराई आएका छन् ।

कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन् ।

प्रहरी मुख्यालयको केन्द्रिय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ । लहानमा कार्यरत डीएसपी भेषराज रिजाल गोरखा पुगेका छन् ।

को कहाँ कहाँ पुगे ?

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १२ : ३८ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर