नेपालको हवाई क्षेत्र सुधार सरकारलाई चुनौती | Khabarhub Khabarhub

नेपालको हवाई क्षेत्र सुधार सरकारलाई चुनौती

सन्दर्भ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हवाई यन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरिक उड्ययन क्षेत्र भनिन्छ ।

हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरीक उड्ययन दिवस मनाइदै आएको छ । संसारभरका नागरिक उड्ययन विभागहरुले एकै स्वरमा नागरीक उड्ययन सुरक्षा र ब्यवस्थापनका लागि आवाज उठाउने थालेपछि यो दिवस मनाउन थालिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि विभिन्न कार्यक्रम गरेर मनाउदै छ ।

नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि ८ ओटा देशमा मात्र उडान भर्दै आएको छ । नेपालमा हाल २६ वटा एयरलाइन्सले उडान भदैं आएकाछन् ।

सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले नागरिक उड्डयन दिवस मनाउन शुरु गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । त्यसपछि ‘नो कन्ट्री बिहाइन्ड लेफ्ट’ अर्थात् ‘उड्डयन क्षेत्रमा कुनै पनि देश छोडिनु हुन्न’ भन्ने विश्वव्यापी मान्यता साथ यो नागरिक उड्डयन दिवस मनाउने गरिन्छ ।

आइकाओले नेपालको हवाई उडानलाई कालोसूचीमा राख्दा युरोपको उडान प्रभावित भइरहेको छ । युरोपका देशसँग हवाई उडानका लागि पहल गरेपनि सहजिकरण हुन सकेको छैन ।

पर्यटन मन्त्रालयले भने, युरोपियन मुलुकमा हवाई सम्झौताका लागि पहल गरिरहेको जानकारी दिएको छ । ईयुको कालोसूचीकै कारण नेपाल वायुसेवा निगमले चीनमा उडान अनुमति पाउन सकेको छैन भने साउदी अरबले पनि कालोसूचीकै विषयलाई लिएर अड्को थापिरहेको छ ।

आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन् । हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमसहित एक दर्जन निजी कम्पनिका साना ठूला विमानहरूले बाह्य तथा आन्तरिक उडान भर्ने गरेका छन् । नेपालमा सन् १९४८ देखि हवाई हवाईयातायातको शुरुवात भएको थियो । त्यसपछि हवाई क्षेत्रमा धेरै चुनौती छन् ।

नेपाली आकाश किन कालो सूचीमा

कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको (आइकाओ)को अध्ययनमा उल्लेख छ । हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेर उडान गरिरहेका छन् ।

आइकाओले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजिकरण गदै आएको छ । तर, नेपालमा भने आन्तरिक र बाह्य ठुला विमान दुर्घटना भइरहदाँ आइकाओले नेपाललाई कालो सूचीमा राखेको छ ।

सरकारले हवाई यातायात र विमानस्थललाई सुरक्षामैत्री बनाउन प्रयास गरिरहेको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । नेपालले पनि विश्वमा सुरक्षित उडान भर्नेका लागि पहल गरिरहेको छ ।

विगतमा केही प्रविधिक समस्याका कारण ठुला र सामान्य दुर्घटना भए होला त्यस्ता न्युनीकरण हुँदै जाने उनको भनाइ छ । पर्यटन विस्तारका लागि हवाइ उडानलाई महत्वपुर्ण रुपमा हेरिन्छ । जसका कारण यो क्षेत्र सुधारका लागि सरकारले पहल गर्नुपर्ने पर्यटनविज्ञ चन्द्र रिजालको भनाइ छ ।

सञ्चालनमा नरहेका अधिकांश आन्तरिक विमानस्थललाई फेरि प्रयोगमा ल्याउन सरकारी लगानीको खाँचो रहेको उनको भनाइ छ ।

देशभर रहेका ५६ वटा विमानस्थल मध्ये हाल ३१ वटा मात्र विभिन्न अवस्थामा सञ्चालनमा छन्।

हवाई दुर्घटनामा भीआइपी कै मृत्यु

गत फागनु महिलामा ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडयानमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भयो ।

समस्या बारम्बार दोहोरिएको कारणले हवाई दुर्घटना न्युनिकरण गर्न समाधानको दीर्घकालीन उपायको खोजी गर्न जरुरी छ । हवाई दुर्घटनाको समस्याका बारेमा सरकारले पहिचना गर्ने नसक्दा दुर्घटना बढ्दो छ ।

२०६३ भदौ ७ गते ताप्लेजुङको घुन्सामा भएको श्रीएयरलाइन्सको हेलिकप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मीनासहित २४ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुघर्टनाको १३ वर्षपछि बुधबार पुनः ताप्लेजुङ मै यस्तै अकल्पनीय अर्को दुर्घटना भएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा बुधबार दिउँसो साढे १ बजे एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैयाको निधन भएको थियो । जसका कारण नेपालको हवाई क्षेत्र असुरक्षित मानिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ५४ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको