कतै जाँदै हुनुहुन्छ ? आज दिनभर यी रुटमा सवारीसाधन चलाउन मिल्दैन | Khabarhub Khabarhub

कतै जाँदै हुनुहुन्छ ? आज दिनभर यी रुटमा सवारीसाधन चलाउन मिल्दैन


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज (शनिबार) बिहान उपत्यकाभित्र म्याराथन दौड भएकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

शनिबार बिहान ७:०० देखि ११:०० बजेसम्म म्याराथन दौड हुँदा उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले एक सूचना नै जारी गरेको छ ।

म्याराथन दौड शनिबार बिहान ७: ०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यस्तै महाशाखाले शनिबार बिहान ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ०२ बजे

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर– भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता

गठबन्धनबाट दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व

मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको मृत्यु

मलेखु– धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घटनामा परी घाइते

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी