देश विकासमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

देश विकासमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षालाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् ।

उनले सार्वजनिक शिक्षाको महत्व बढाउँदै गएकाले शिक्षालाई सर्वसुलका साथै आयआर्जनमा जोड्नु पर्नेमा जोडदिए ।

जिल्लाको कोसीपारि स्थित भुम्लु गाउँपालिकाको सिम्थली स्थित अरुणोदय माध्यमिक बिद्यालयको नवनिर्मित १८ कोठे भवनको हस्तान्तरण तथा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने बताए ।

मन्त्री बाँस्कोटाले कितावमा लेखिएको मात्रै नभई बाहिरी ज्ञान, सामाजिक ज्ञान र प्रयोगात्मक ज्ञानको शिक्षा प्रदान गर्न सुझाव दिए ।

सरकारले हरेक क्षेत्रको विकासलाई गुणस्तरीय बनाउँदै लगेको बताउँदै मन्त्री बास्कोटाले शिक्षामा भौतिक पूर्वाधारसँगै नयाँ शिक्षा नीति मार्फत ब्यवहारीक र विद्यार्थीहरुले अध्ययनसँगै आयआर्जन गर्न सक्ने खालको शिक्षा उपलब्ध गराउने गरी सरकारले निर्णय गरेको बताए ।

समुदायले हरेक विकासलाई संरक्षण गर्नु पर्ने बताउँदै मन्त्री बास्कोटाले विकासलाई सदुपयोग र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिए ।

निजी क्षेत्रको शिक्षामा आर्कषण बढेको सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दा निजी क्षेत्रको भन्दा धेरै भौतिक पूर्वाधार लगायतको ब्यवस्था भएकाले विद्यार्थीहरुको रोजाई बन्ने गरी कार्य गर्न शिक्षक र अभिभावकहरुलाई अनुरोध गरे ।

मुलुकको विकासमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका भएकाले सामुदायिक विद्यालय प्रतिको गुणस्तर आर्कषण बढाउनु पर्नेमा मन्त्री बास्कोटाले जोड दिए ।

भुम्लु गाउँपालिकाको सिम्थलीको अरुणोदय र चौबासमा रहेको सेतीदेवी माविको उद्घाटनसँगै मन्त्री बास्कोटाले असल नीति र असल कार्यान्वयन प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : २५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न