आज १३ औं सागको सातौं दिन : १८ खेलमा प्रतिस्पर्धा | Khabarhub Khabarhub

आज १३ औं सागको सातौं दिन : १८ खेलमा प्रतिस्पर्धा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तर्गत आज सातौं दिन । आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

यी खेल काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन कुन खेल कुन समयमा हुँदैछन्

फुटबल : पुरुष फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ ।

यस्तै अर्को खेलमा श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे पछि हुनेछ । महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउसो ४ बजे हुनेछ ।

क्रिकेट : पुरुष क्रिकेटमा आज नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ ।

महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।

सुटिङ : सुटिङतर्फ आज दुई खेल छन् । सागको सातौ दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ । शनिबार र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल छ ।

स्क्वास : स्क्वासतर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् । पुरुषतर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

जुडो : जुडोको खेलको औपचारिक सुरुवात आजै हुँदैछ । तर, प्रतिस्पर्धाहरु भने भोलिबाट शुरु हुनेछ ।

बक्सिङ : बक्सिङमा आज विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

एथ्लेटिक्स : एथ्लेटिक्सतर्फ आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट शुरु हुने एथ्लेटिक्समा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन लगायतका खेल हुनेछ ।

भारोत्तोलन : भारोत्तोलनमा पनि विभिन्न स्पर्धा हुनेछ । भारोत्तोलन पोखरामा हुनेछ ।

ह्याण्डबल : ह्याण्डबलमा आज सेमिफाइनलको खेल हुनेछ । महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् ।

पुरुषतर्फ भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

बास्केटबल : बास्केटबलमा पनि आज लिग चरणको खेल हुनेछ । महिलातर्फ दुई र पुरुषमा एक खेल हुनेछ ।

पुरुषमा श्रीलंका र भारतले खेल्दा महिलामा बंगलादेश र भुटान तथा श्रीलंका र भारतले खेल्ने छन् ।

यस्तै थ्री बाई थ्री बास्केटबलको पुरुषमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ ।

कब्बडी : कब्बडीमा आज पुरुषतर्फको विभिन्न चार खेल हुनेछ । जसमा नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग खेल्नेछ ।

आर्चरी : आर्चरीमा आज टिमतर्फ सेमिफाइनलका खेलहरु र एकलतर्फ भने क्वाटरफाइनलका खेलहरु हुनेछ ।

बीच भलिबल : बीच भलिबलतर्फ पनि आज महिला र पुरुष दुवै तर्फको लिग चरणमा खेलहरु हुनेछ । यस अघि शुक्रबार नेपालको महिला र पुरुषको दुवै टिमले जित निकालेको थियो ।

फेन्सिङ : फेन्सिङको खेलहरु शनिबार पनि हुनेछ । शुक्रबार फेन्सिङमा भारतले तीन स्वर्ण जितेको थियो । शुक्रबार भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो ।

टेनिस : टेनिसमा शनिबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शनिबार सेमिफाइनलको खेलहरु हुनेछ ।

साइक्लिङ : साइक्लिङ अन्तर्गत पनि आज विभिन्न प्रतिस्पर्धा हुनेछ । साइक्लिङको इलाइट स्पर्धामा आज पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : २६ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले