अब लिफ्ट चढेर विन्ध्यवासिनीको दर्शन गर्न पाइने, राष्ट्रपतिद्वारा उद्घाटन | Khabarhub Khabarhub

अब लिफ्ट चढेर विन्ध्यवासिनीको दर्शन गर्न पाइने, राष्ट्रपतिद्वारा उद्घाटन


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको बिहीबार एक समारोहबीच उद्घाटन गरेकी छन् ।

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको सहजताका लागि लक्षित गरी सो लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा रु एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको हो ।

एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवाहन क्षमता ६८० किलोग्राम रहेको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाआर्चना पनि गरिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन