जिदानले मानेनन् फेरि रियल मड्रिड फर्कन | Khabarhub Khabarhub

जिदानले मानेनन् फेरि रियल मड्रिड फर्कन


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले पुनः स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न क्लबले गरेको प्रस्तावलाई अस्वीकार गरेको रियलका पूर्व अध्यक्ष रामोन क्याल्डरले बताएका छन् ।

जारी सिजनमा रियलको खराब प्रदर्शन कायम रहेपछि क्लबले जिदानलाई पुन प्रशिक्षकको जिम्मेवारीमा बोलाएपनि उनले क्लबको प्रस्तावलाई अस्वीकार गरेको उनलाई उद्धत गर्दै बीबीसीले लेखेको छ ।

“मलाई त्यो थाहा छ, क्लबका अध्यक्ष (फ्लोरेन्टिनो पेरेज) ले जिदानलाई फोन गरेका थिए र क्लबमा फर्कन अनुरोध पनि गरे । तर, उनले अहिले नआउने बताए,” पूर्व अध्यक्ष क्याल्डरनले भने, “उनले जुनमा फर्किन सक्ने सम्भावना देखाएका छन् ।”

रियलले जिदानको स्थानमा स्पेनका प्रशिक्षक जुलेन लोपेतेगुईलाई ल्याएको थियो । उनको आगमनले क्लबले राम्रो गर्न नसक्दा ४ महिना अगाडि उनलाई पनि बिदा गरेको रियलले यसै सिजनका लागि तेस्रो प्रशिक्षकका रुपमा सान्टीआगो सोलारीलाई भित्र्याएको थियो ।

यो सिजनमा रियल च्याम्पियन्स लिगमा मंगलबार राति भएको दोस्रो लेगमा अजाक्ससँग ४—१ गोल अन्तरले पराजित हुँदै बाहिरि सकेको छ भने कोपा डेल रे बाट पनि बाहिरिसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ०५ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा