नेकपाका नेता भरतमोहन र रवीन्द्रको सम्झनामा आज श्रद्धाञ्जलीसभा | Khabarhub Khabarhub

नेकपाका नेता भरतमोहन र रवीन्द्रको सम्झनामा आज श्रद्धाञ्जलीसभा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवंगत नेताद्वय भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको सम्झनामा आज (बिहीबार) श्रद्धाञ्जलीसभा हुँदैछ ।

उपचारका क्रममा निधन भएका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा दिउँसो १ बजेपछि श्रद्धाञ्जलीसभा कार्यक्रम हुने नेकपा सचिवालयले जनाएको छ ।

भृकुटीमण्डवमा हुने श्रद्धाञ्जलीसभालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

श्रद्धाञ्जलीसभामा प्रदेश ३ र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका पार्टी पंक्तिलाई परिचालन गरिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १० : ३२ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक