कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक छ : मन्त्री अर्याल | Khabarhub Khabarhub

कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक छ : मन्त्री अर्याल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले कृषिको व्यवसायीकीकरणका लागि सहकारी आवश्यक भएको बताएकी छन् ।

सहकारी विभाग काठमाडौँले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक अन्तक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समग्र कृषिको विकासमा व्यवसायीकरण गर्न सहकारी आवश्यक भएको बताइन ।

समृद्धिको अभियानमा महत्वपूर्ण खम्बा भनेको सहकारी भएको भन्दै मन्त्री अर्यालले नेपालको सहकारीका माध्यामबाट समृद्धि सम्भव भएको प्रष्ट पारिन । ‘समाज परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको सहकारीलाई थप प्रभावकारी बनाउनु आवश्यक छ, सहकारीका समस्या समधान नगरे भोलिका दिनमा सहकारीका सदस्यमा निरासा आउँछ’, उनले भनिन् ।

सरकारले भू–उपयोग ऐन ल्याएको जानकारी दिँदै मन्त्री अर्यालले अब कसैले पनि जमीन बाँझो राख्न नमिल्ने बताइन। सहकारीका माध्यमबाट जमीनको प्रयोग गरेर गरीबी निवारणमा लाग्नुपर्ने उनको भनाइ छ ।

मन्त्री अर्यालले सरकारले छिट्टै मालपोत र नापीका काम स्थानीयतहलाई हस्तान्तरण गरिने जानकारी दिइन । नापी र मालपोतका सेवा एकै ठाँउबाट प्रवाह गर्न सबै काम एक ठाउँबाट काम हुने गरी काम भएको उनको भनाई छ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ३० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली