दुई चरणमा भलिबल संघको कार्यक्रम: पहिलोमा शायरी, दोस्रोमा बिदाई ! | Khabarhub Khabarhub

दुई चरणमा भलिबल संघको कार्यक्रम: पहिलोमा शायरी, दोस्रोमा बिदाई !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेश जाने महिला भलिबल टोलीको बिदाई कार्यक्रममा प्रमुख अतिथिको ढिलाइका कारण निकै रोमान्चक र हास्यास्पद बन्यो ।

खेलकुद जस्तो अनुशासनमा रहनुपर्ने क्षेत्रको कार्यक्रममा कुनै अनुशासनको सीमा नै देखिएन । आयोजकले उपस्थितहरुलाई भुलाउन शायरीको साहरा लिनुपर्‍यो ।

बंगलादेशमा पदक जित्ने अपेक्षमा रहेका खेलाडीहरुको मुहारमा झन उत्साह दिलाउनुपर्ने अवस्थमामा खेलाडीहरुलाई नै दिक्क लाग्नेगरी २–३ घण्टा सभाहलमै भुलाइयो । दोष कसलाई दिने ? प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पनि पुग्ने वित्तिकै शुरुमै आफ्नो बाध्यता सुनारए माफी मागे ।

उनले आफू १३ औं दक्षिण एसियाली खेलकुद (सागका) को कार्यक्रममा निकै व्यस्त भएको बताए । प्रमुख अतिथि ढिलो आएपछि कार्यक्रममा उपस्थित अधिकाशंले आक्रोश समेत पोखेका थिए ।

प्रमुख अतिथिको ढिलाई हुँदा यता आयोजकले खेलाडीहरुलाई भुलाउन शायरीको साहरा मात्र लिएन, पहिलो चरणमा आसनग्रहणदेखि उपस्थितहरुको भाषणसम्मलाई समापन गरिसकेको थियो । त्यो समयसम्म पनि प्रमखु अतिथि झुल्किएका थिएनन् । पहिलो चरणको कार्यक्रम समापन सकिएपछि आइपुगेका प्रमुख अतिथि सिलवालले मन्तव्य राखेसँगै खेलाडीलाई खादा ओढाएर बिदाई गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम

झण्डै पौने ५ बजे नेपाल भलिबल संघ (एनभीसी) का सचिव मनविर छत्याल कार्यक्रमको उद्घोषकका रुपममा पोडियममा उभिए । उनले कार्यक्रमको औपचारिक रुपमा शुरु भएको संकेत गर्दै सबैको ध्यान स्टेजतर्फ आकर्षित गरे ।

भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, राखेप बोर्ड सदस्य इन्दिरा निरौलासहित दर्जन बढी पदाधिकारीलगायत मन्चमा आसिन थिए । मञ्चमा ठाउँ नपुगेकाहरुलाई कुर्सीमै आशन ग्रहण गराइएको थियो ।

कार्यक्रममा भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले महिला भलिवलको विगत र वर्तमानका विषयमा केही धारणा राखे । उनले एभिसी महिला च्याम्पियनसिप हुनुमा नेपाल भलिबल संघको विषेश पहल रहेको बताए ।

पुरुष भलिबल टोलीको एभीसी सेन्ट्रल जोनसमेत बंगलादेशबाट शुरु भएका कारण बंंगलादशेले आयोजनाको जिम्मा पाएको उनको भनाइ थियो । नेपालभन्दा किर्गिस्तान र अफगानिस्तान बलियो टोली रहेको बताएका महासचिव चन्दले महिला टोलीबाट स्वर्णको पदकको अपेक्षा गरे ।

‘पछिल्लो ३ महिला अभ्यास राम्रो भएको छ । पहिलो संस्कणमा स्वर्णको अपेक्षा रेहको छ,’ चन्दले भने,‘कुनै पनि टोलीलाई कमजोर नआक्नुहोला । कुनै काम गर्न पनि नतिजा चाहिन्छ ।’

उनले नेपाली महिला भलिबलमा विदेशीहरु लगानी गर्न तयार रहेपनि नतिजा खासै राम्रो आउन नसक्दा लगानी भित्र्याउन नसकिएको बताए ।

कार्यक्रममा संघका नयाँ उपाध्यक्ष कुमार सुवेदी, भलिबल संघ तथा राखेप बोर्ड सदस्य इन्दिरा निरौला लगायतले मन्तव्य राख्दै खेलाडीलाई शुभकामना दिए । पहिलो चराणको कार्यक्रमको समापनतिर संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्यौली पारामा आफ्नो कुरा शुरु गरे । खेलाडीहरुलाई शुभकामना दिए ।

कार्यक्रम ढिलो शुरुभएकोमा माफी समेत मागे । पहिलो चरणको कार्यक्रम समापन भयो । अझै प्रमुख अतिथि नआएपछि बीचको समयमा अध्यक्ष शर्माले भने, ‘प्रमुख अतिथि आउन केही समय लाग्ने भयो के शायरी सुन्ने त ? हल भरी हाँसो गुञ्जियो ।

अध्यक्ष शर्माले सुनाए यस्तो शायरी –
मैंने तुजको प्यार किया अबला समझकर
तुमरा बापने हमको हिर्काया तबला समझकर…।।


दोस्रो चरणको कार्यक्रम

पहिलो पटक खेलाडी बिदाईको कार्यक्रम दुई चरणमा सम्पन्न भयो । प्रमुख अतिथि उपस्थित भएपछि दोस्रो चरणको कार्यक्रमको शुरु गरिएको थियो । सदस्य सचिव सिलवालले मन्तव्य राख्दै भने, ‘तपाईहरुलाई धेरै समय कुराएँ ।’ आफ्नो व्यस्तता रहेको बताउँदै भाषण शुरु गरेका सिलवालले भने, ‘ढिला गरेकोमा तपाईहरु सामू माफी माग्न चहान्छु ।’

उनले भलिबल बाहेक अन्य टीम भएको भए उक्त बिदाईमा आफू उपस्थित हुन नसक्ने अवस्था रहेको संकेत गरेका थिए । आफूले नेपाली महिला टोलीले थाइल्यान्ड भएको मैत्रीपूर्ण खेलबाट राम्रो अनुभव बटुलेको प्रशिक्षकबाट जानकारी पाएको बताए ।

‘मैत्रीपूर्ण खेल राम्रो भएको जानकारी पाएँ । अब त्यो मैत्रीपूर्ण खेलबाट माथि उठेर खेल्नुपर्छ । मैत्रीपूर्ण खेल टिम कम्बिनेसन मिल्छ कि मिल्दैन भनेर जाँच्न गरिएको हो,’ सदस्य सचिव सिलवालले भने,‘थाइल्यान्ड भ्रमणले तपाईहरुको टिम सेट गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तपाईहरुको अग्नि परिक्षा बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन भलिबल हो । थाइल्यान्डमा कति सिक्नुभयो । कति खेल्नुभयो भनेर बंगलादेशमा देखिने छ ।’

एभिसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म बंगलादेशको ढाकामा चल्नेछ । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, किर्गिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

नेपाली टोली
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न