टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्ने प्रतिवद्धता | Khabarhub Khabarhub

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्ने प्रतिवद्धता


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्नका लागि आफूले पहल गर्ने बताएका छन् ।

तुलसीपुरमा बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा अध्यक्ष दाहालले वर्तमान अवस्थामा सञ्चालन भइरहेको दाङ विमानस्थलको बिस्तार गर्न आवश्यक रहेकोसमेत धारणा व्यक्त गरे ।

उहाँले भने, “म पटकपटक स्थलगत अनुगमनमा समेत गइसकेको छु, वर्तमान अवस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर एक हजार २०० मिटर गराउँदा ठूला जहाज पनि बस्नसक्ने अवस्था रहेको छ, यसमा राज्यले थप लगानी गर्नुपर्छ ।”

तुलसीपुर उद्योग वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाललाई तीनबुँदे ज्ञापनपत्रसमेत बुझाएर यस क्षेत्रको विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ३० बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा