खेर त जाँदैन ‘प्रेम गीत ३’ को कसरत ? यसकारण छ मेकरलाई थप दबाब ! | Khabarhub Khabarhub

खेर त जाँदैन ‘प्रेम गीत ३’ को कसरत ? यसकारण छ मेकरलाई थप दबाब !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ को टिम केही समययता वर्कशपमा व्यस्त छ । शीर्ष कलाकारहरु फिल्मलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर लागिपरेका छन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्म कस्तो बन्नेछ भन्नेमा दर्शकलाई पनि उत्तिकै चासो छ ।

फिल्म छायांकनका लागि भन्दै फिल्म युनिटले शूटिङ सेट निर्माण गरिरहेको छ । शीर्ष अभिनेता प्रदीप खड्काले जिम गरेर ज्यान बनाइरहेका छन् । नवनायिका कृष्टिना गुरुङ पनि यो फिल्मका लागि उत्तिकै लागिपरेकी छिन् ।

निर्माण टिमले फ्लोरमा नजाँदै निकै दुःख गरेको छ । खबरका अनुसार फिल्मको बजेट मात्र ३ करोडभन्दा बढी लाग्ने देखिएको छ । जबकि, नेपाली फिल्म उद्योगमा यति महंगोमा कमै फिल्म निर्माण हुने गर्छन् । किनकि, औसत फिल्मलाई यति लगानी उठाउन गाह्रो पर्छ ।

यसअघि रिलिज भएका दुई भाग ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ का तुलनामा यो फिल्मको कहानी त बिल्कुलै फरक हुनेछ । तर, फिल्मको मेकिङ कस्तो हुनेछ भन्नेमा धेरैको चासो छ ।

प्रदीप खड्काले ‘प्रेम गीत’ सिरिजमा बाहेक अरु हिट फिल्म दिन सकेका छैनन् । यता निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’ ले पनि लगानी रिकभर गर्न सकेन । ‘डमरुको डन्डिबियो’ मा छेतेन गुरुङ पनि चिप्लिए ।

यता यही चलचित्रबाट डेब्युमा उत्रिएका कलाकार मनिष राउत र क्रिष्टिना गुरुङलाई पनि पहिलो फिल्मबाटै चर्चामा आउनुपर्ने दबाब छ किनकि यो फिल्म आफैमा ब्राण्ड बनिसकेको छ ।

दर्शकलाई पनि यो फिल्म राम्रो बन्नेछ भन्नेमा केही हदसम्म आशा छ । त्यसो त नयाँ वर्षलाई रिलिज मिति तोकेका कारण ‘प्रेम गीत ३’ लाई अर्को पनि दबाब छ । किनकि, यो रिलिज मितिमा अरु निर्माताले पनि आफ्नो फिल्म रिलिज गर्न चाहिरहेका छन् ।

चारैतिरबाट दबाबमा झेलिएको ‘प्रेम गीत ३’ स्तरीय बन्यो भने त सबैलाई राहत होला । तर, यत्रो हल्लाखल्ला र कसरत गरिरहेको फिल्म फ्याट्ट चिप्लियो भने ठूलो धक्का लाग्ने पक्का छ । अब फिल्म कस्तो बन्ने छ भन्ने थाहा पाउन त दर्शकले लामै समय कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका