फर्स्ट क्लास क्रिकेट : पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन | Khabarhub Khabarhub

फर्स्ट क्लास क्रिकेट : पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालविरुद्धको तीन दिवसीय (फर्स्ट क्लास) क्रिकेटको पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ३ सय ११ रनको उच्च योगफल तयार पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको हो ।
खराब प्रकासको कारण ९ ओभर बाँकि रहदै खेल रोकिएको छ । एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाए ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रन र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए । यासिर अराफाट ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान २–२ विकेट लिएका थिए । अब पुनः शुक्रबार एमसीसीले सुरुवातमा ब्याटिङ गर्ने छ ।

नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फर्स्ट क्लास क्रिकेटको सामना गरिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फर्स्ट क्लास क्रिकेट खेलेको थियो ।

फर्स्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका