आलमको दोस्रो दिनको अदालती बयान जारी | Khabarhub Khabarhub

आलमको दोस्रो दिनको अदालती बयान जारी


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको दोस्रो दिने अदालती बयान शुरु भएको छ ।

आलमको जिल्ला अदालत रौतहट रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा बयान शुरु भएको हो ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बिहान ११ बजेदेखि नै आलमको बयान शुरु भएको जानकारी दिए ।

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी र अर्का १ जनाविरुद्ध मतियार बनेको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

मंगलबारदेखि नै आलमको बयान शुरु भएको थियो । तर, आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएपछि बयान बीचमै रोकिएको थियो ।

मंगलबार अपराह्न ३ बजेर २० मिनेटदेखि पुनः सुचारु भएको बयान अदालती समय सकिने लाग्दा विषयबस्तुमै प्रवेश गरेको थिएन ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : १३ बजे

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम